नेताबाट सेलरोटी ब्यबसायी बनिन रञ्जु दर्शना


 


काठमाडौं, असोज ३१
स्थानीय तहको निर्वाचनमा विबेकशील पार्टीबाट काठमाडौ महानगरपालीको मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना अहिले सेलरोटी ब्यबसायमा लागेकी छिन ।

दर्शनाले आफ्नो फेसबुक मार्फत आफुँ आमा संग सेलरोटी ब्यबसायमा लागेको लेखेकी थिईन । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उमेर नपुगेका कारण कुनैपनि क्षेत्रबाट उम्मेदवारमा नछानिएपछि उनले नयाँ व्यावसाय सुरु गरेकी हुन् ।

सेलरोटीको व्यापार मौलाइरहेको कुरा उनले आफ्नो फेसबुक स्टाटसमा राखेकी छन् । हाल उनले बनाएका सेलरोटी बौद्ध नयाबस्ती स्थीत ग्रिन मार्टमा उपलब्ध रहेको फेसबुक मार्फत नै बताएकी छिन ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्