तेस्रा घोडेटार गोल्ड कपको उपाधि रामधुनीको हातमा


 


युवराज विष्ट
भोजपुर, असोज ३१
भोजपुरको हतुवागढी गाउँपालिकामा भएको ‘तेस्रो घोडेटार गोल्ड कप २०७४’ को उपाधि रामधुनी फुटवल क्वल सुनसरीले जितेको छ ।

निर्धारित समयमा कुनै पनि गोल नभए पछि ट्राइव्रेकरमा रामधुनीले ५–४ गोलअन्तरले हतुवाली व्रोदर्श फुटवल क्वललाई हराउँदै जित हासिल गरेको हो । सोमवार भएको प्रतियोगितामा उपाधिको लागि दुवै टिमबीच कडा प्रतिस्पर्धा भएको थियो ।

जितसंगै रामधुनीले नगद ७५ हजार ट्रफी मेडल र प्रमाण पत्र पाएको छ, भने उपविजेता हतुवाली ब्रोदर्शले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

त्यसैगरी उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्डले नगदको साथ प्रमाण पाएका छन् ।

असोज २६ गतेवाट शुरु भएको खेलमा १९ टिमको सहभागिता थियो । प्रतियोगिता घोरेटार फुटवलको आयोजना र हतुवागढी गाउँपालिका –१ को प्रयोजनमा भएको हो ।

 

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्