टोटनह्यामले रियललाई बराबरीमा रोक्यो


 


काठमाडौं, १ कार्तिक

युएईएफए च्याम्पियन्स लिग फुटबलमा साबिकको बिजेता तथा स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको खेलमा रियल मड्रिड इन्ग्लिश क्लब टोटनह्यामसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा दुवै गोल रियल मड्रिडका खेलाडीले गरेका हुन् । बल पोजिसनमा पकड जमाएपनि घरेलु टोलि रियल मड्रिड खेलको २८ औं मिनेटमा राफेल भरेनाको आत्मघाती गोलबाट पछि परेको थियो ।

तर, खेलको ४३ औं मिनेटमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र दुवै टोलीले १ – १ अंक बाडेका छन् ।

यो बराबरीसंगै समूह एचमा रियल र टोटनह्याम समान ७ – ७ अंक जोडेको छ । गोल अन्तरको आधारमा रियल शिर्ष स्थानमा छ भने टोटनह्याम दोस्रो स्थानमा छ । यो समूह बोरुसिया डर्टमण्ड र एपोएल निकोसियाको समान १ – १ अंक छ । मंगलबार राति नै दुवै टोलीले १ – १ गोलको बराबरी खेलेका थिए । -एजेन्सी

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्