खान नपाउँदा ‘भात भात’ भन्दै त्यागिन् बालिकाले प्राण


 


नयाँ दिल्ली, कात्तिक १
झारखण्डको सिमगेडा जिल्लाको एउटा गाउँमा खाना खान नपाएर एक बालिकाले ज्यान गुमाएकी छिन् ।

सिमगेडा जिल्लास्थित पतिअम्बा पञ्चायतको एक गाउँकी ११ वर्षीय सन्तोषकुमारीले धेरै दिन देखि खाना खान नपाएर ज्यान गुमाएकी हुन् ।  आफ्नो परिवारसँगै बस्दै आएकी उनले धेरै दिन देखि खाना खान नपाएर ‘भात भात’ भन्दै चिच्याउँदै ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनकी आमा कोइली देवीले आफु चामल लिन पसल गएकी तर, पसलले आफुलाई चामल नदिएकोले आफ्नो छोरीले ‘भात भात’ भन्दै चिच्याउँदै ज्यान गुमाउनु परेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार पसलेले उनलाई पछिल्लो आठ महिना देखि चामल दिएका थिएनन् ।

उनको रासन कार्ड आधार कार्डसँग सम्बन्धित नभएको कारण पसलेले चामल नदिएका हुन सक्ने सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, झारखण्डका खाद्य आपुर्ति मन्त्रीले जसको रासन कार्ड आधार कार्ड सँग सम्बन्धित छैन, उनीहरुलाई पनि रासन दिनबाट बञ्चित गर्न नपर्ने बताएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्