गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता


 


जितपुर, कपिलवस्तु, कात्तिक १
यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् ।

जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित हुनुभएको छ । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ ।

गुरुकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए ।

परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्