माओवादी शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?


 


काठमाडौं, कार्तिक १५

प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई ७ सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए ।

यो भागबण्डा मिलेसँगै दलहरु पार्टीको तर्फबाट आफ्ना उमेदवार टुंग्याउने कसरतमा लागेका छन् । बिहीबार उमेदवार मनोनयनको समय रहेकाले पनि दलहरुले आजसम्म उमेदवारी टुंग्याउनुपर्ने छ ।

माओवादीबाट शीर्ष नेताहरु को सिट बारे भने टुंग्गो लागिसकेको बताइएको छ । यसअघि केही नेताको नाम र निर्वाचन क्षेत्र सार्वजनिक भइसकेका थिए भने तल उल्लेखित नेताको क्षेत्र मंगलबार एमालेसँग कुरा मिलेपछि टुंगिएको हो।

माओवादी नेता कहाँबाट ?

पुष्पकमल दाहाल प्रचण्ड चितवन ३
रामबहादुर थापा काठमाडौं १०
कृष्णबहादुर महरा दाङ २
पम्फा भुसाल ललितपुर ३
टोपबहादुर रायमाझी अर्घखाँची
मातृका यादव धनुषा १
शिवकुमार मण्डल मोरङ ५
टेकबहादुर बस्नेत सल्यान

 

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्