यी हुन् विवेकशील साझाका १५८ उमेदवार, कहाँबाट को ?


 


काठमाडौं, कार्तिक १७

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाले उमेदवारी दर्ता गराएका छन् ।

पहिलो र दोश्रो चरण गरि प्रतिनिधिसभामा ४ महिला सहित ६७ जना र प्रदेशसभामा ६ महिलासहित ९१ जनाको उमेद्वारी परेको छ ।

यस पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेको विवेकशील साझा पार्टीले दुबै चरणको उमेदवारी दर्ताको दौरानमा जनस्तरमा देखिएको उत्साहले आफुलाई थप प्रेरणा मिलेको जनाएको छ ।

प्रतिनिधिसभाका लागि काठमाडौंको १० मध्ये ३ क्षेत्रमा महिला उमेद्वार उठाएको पार्टीले उपत्यकाका पन्ध्रै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ भने प्रदेशसभाका लागि उपत्यकाका ३० मध्ये २७ स्थानमा आफ्नो उमेद्वारी प्रस्तुत गरेको छ । उमेद्वारी दर्ता सकिएलगत्तै चुनावी अभियानलाई देशव्यापीरूपमा तिब्रता दिईने पार्टीले बताएको छ ।

नवीन र पृथक सोचका साथ सुसंस्कृत राजनितिलाई स्थापित गर्ने उदेश्य बोकेको विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल बहादुर थापा क्रमसः काठमाडौं क्षेत्र नं १ र क्षेत्र नं ५ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

यी हुन् उम्मेदवार

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्