शीर्ष स्थानको आर्सनल बेलग्रेडसँग बराबरीमा रोकियो


 


काठमाडौं, कार्तिक १७

इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलमा बराबरीमा रोकिएको छ । बिहिबार राति भएको समूह चरणको चौथो खेलमा आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा १ – १ अंक बाड्न बाध्य भएको हो । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि आर्सनलले गोल गर्न सकेनन । खेलमा रेड  स्टारबिरुद्ध ७ पोस्ट आक्रमण गरेपनि आर्सनलले गोल गर्न सकेनन । यस्तै रेड स्टारले पनि ३ पटक गोलको अवसर खेर फालेको थियो ।

यो बराबरीपछि पनि आर्सनलको नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ । समूह एचको शिर्ष स्थानमा रहेको आर्सनलले ४  खेलबाट १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रेड स्टारको ५ अंक छ । यो समूहमा बेट बोरिसोभ ४ अंक सहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्