देशभर यस्तो देखियो उम्मेदवारी दर्ताको रौनक (फोटोफिचर)


 


काठमाडौं,  कार्तिक १७

म‌ंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभाको १२८ र प्रदेशसभाको २५६ पदका लागि व्यापक उत्साहका साथ देशभर उमेदवारी दर्ता भएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका लागि बिहीबार भएको उमेदवारी दर्तामा प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको छ ।


जसमध्ये प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उम्मेदवार रहेका छन् ।

त्यस्तै पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा यसअघि नै उमेदवारी दर्ता भइसकेको छ ।

   फोटो : विनोद प्रसाद अधिकारी/रासस/सामाजिक सञ्जाल

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्