मत्रपत्र च्यात्ने सिवाकोटी र च्यातिने ज्ञावलीले अंगालो मारेपछि…


 


काठमाडौं, कार्तिक १७

पहिलो चरणको स्थानिय निकाय निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेको द्रोणवावु सिवाकोटीसंग देवी ज्ञवालीले अंगालो मारेर तस्विर खिचेका छन् ।

भरतपुरमा मतपत्र च्यातिएपछि नै देवी ज्ञवाली निर्वाचनमा पराजित भएका थिए । राजनिती हरेक संभावना खेल हो भन्ने कुरालाई पुष्टी गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउन लागेको बेला यो तस्बिर भाईरल बनेको छ पछिल्लो समय प्रचण्डसंगको देवी ज्ञवालीको तस्बिर भाइरल बनेको थियो, भने यो तस्विर पनि सामाजिक संजालमा भाइरल वन्न थालेको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेद्वार बनेपछी ज्ञवाली खुलरै प्रचारप्रसारमा हिडेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्