‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)


 


काठमाडौं, कार्तिक २२

पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

टिजरमा विपिनलाई भिन्न अवतारमा देखाइएको छ। हरेक फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने विपिन यस फिल्ममा भने गुण्डा नाइकेको भूमिकामा देखिएका छन्।

नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथालाई समेटिएको यस फिल्मलाई अमित श्रेष्ठले निर्देशन गरेका छन्।

फिल्ममा विपिनसँगै रोबिन तामाङ, सजन थापा मगर, केशव राई लगायतको अभिनय रहको छ। मिडिया पोर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई चिन्‍तनराज भण्डारीले खिचेका छन्।

प्रविन टक्की कार्कीको लगानी रहेको फिल्ममा अभिषेक सुवेदीको लेखन, जोशन कुँवरको संगीत रहेको छ। फिल्मका कार्यकारी निर्माता शिशिर गुरुङ र अमित श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्