स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक, हेर्नुस


 


काठमाडौँ,  मंसिर १४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।

मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइट  http://mofald.gov.np/  मा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाउनुभयो । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्