प्रेमिका र श्रीमतीलाई फकाउन यस्तो एप आयो !


 


appएजेन्सी, साउन २६

अब रिसाएकी प्रेमिकालाई खुसी पार्नका लागि पुरुषहरुले नयाँ एपको सहारा लिन पाउने भएका छन् । प्रेमिका मात्रै नभई आफ्नी श्रीमतीलाई पनि फकाउन र हँसाउनका लागि यो एप उपयोगी हुने विश्वास गरिएको छ ।

एपबाट रमाइला रमाइला म्यासेजहरु छनौट गरेर पठाउन सकिने भएको छ। यसबाट पटक पटक टाइप गरी म्यासेज पठाउनुपर्ने झन्झट पनि अन्त्य हुनेछ ।

‘ब्रो एप’ नामक यो एप्लिकेसनले जुन समयमा म्यासेज पठाउन चाहेको हो त्यही समयमा म्यासेज प्रेमिकासमक्ष पुग्नेछ । त्यसका लागि आफूले पठाउन चाहेको म्यासेज त्यहींबाट छनौट गर्ने र पठाउने समय सेट गर्नु पर्दछ।

कार्यालयमा व्यस्त रहिरहने पुरुषहरुका लागि पनि यो एपबाट सहजता मिल्नेछ । आइफोनमा यो एप डाउनलोड गर्नका लागि केही रकम खर्चिनुपर्ने हुन्छ भने एण्ड्रोइड मोवाइलमा निशुल्क रहने बताइएको छ ।

यो एप पुरुषहरुका लागि मात्र बनाइएको हो । यसको सफल प्रयोग भएपछि महिलाहरुका लागि पनि आउन सक्ने बताइएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्