सार्कभित्र रोमिङ शुल्क घटाउने तयारी


 


काठमाडौं, साउन २७

सार्क मुलुकभित्र दूरसंचार सेवालाई सस्तो बनाउन नियामक निकाय दुरसंचार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ । चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको छ ।

रोजगारी, भ्रमण, बिदा, अध्ययनलगायतका लागि सार्क मुलुकमध्ये भारतमा धेरै नेपाली छन् । प्राधिकरणले चालू वर्षको  अन्त्यसम्म स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने बताएका छन् । अाजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: २७ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्