भूकम्पको समयमा नगर्नुस् यी ९ काम


 


१ झ्यालको छेउँमा नबस्नुस्

भूकम्प गएपछि बाहिर के भो वा के भैरहेको छ भन्ने कुरामा जिज्ञासा लागे पनि झ्यालको छेउँमा उँभिनु भुल हुन्छ ।

यो समयमा जे भएपनि झ्यालको छेउँमा नबस्नुस् । त्यसैगरी ठूलो शिशा वा सानो पर्खाल छेउँ समेत नउठ्नुस् ।

२ बिजुलीको तार मुनि नबस्नुस्

भूकम्प गएपछि वा गइरहेको समयमा विजुली अन गर्न नखोज्नुस् । त्यति मात्र होइन विजुलीको तार भएको ठाउँमा पनि नबस्नुस् । भूकम्पको धक्का रोकिएपछि घर बाहिर खुला ठाउँमा बस्न जानु बुद्धीमानी हुन्छ ।

३ हतारमा नभाग्नुस्

भूकम्प आएपछि खुला ठाउँमा जानु पर्छ भन्दैमा कतिपय मानिसहरु हतारमा खुला ठाउँ खोज्दै भाग्ने गल्ती गर्छन् । त्यसो गर्दा सुरक्षित हुनुको साटो उल्टो मृत्यु हुने खतरा हुन्छ । अधिकाँश भूकम्पमा हतारमा भाग्न खोज्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको तथ्याङ्क छ ।

४ टेबुलमा नचढ्नुस्

भुकम्प आएको समयमा डेस्क माथि होइन मुनी बस्नु पर्छ । डेस्कमाथि चढ्ने भूल भूकम्प आउँदा गर्नु हुँदैन । कुनै टेबुल नजिक छ भने त्यसको मुनी छिर्नुस् ।

५ एक ठाउँबाट अर्को ठाउँमा जाने हतार नगर्नुस्

भूकम्पपछि कतिपय मानिस घर भित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा जान हतार गर्छन् । कमसेकम भूकम्प नरोकिए सम्म तपाइँ जाहा हुनु हुन्छ त्यहीँ रोकिनुस् । यदि तपाइँ भन्दा माथिको कुनै कुरा खस्यो भने मात्र एक ठाउँबाट अर्को ठाउँमा सर्नुस् ।

६ ओच्छ्यानमा भए नउठ्नुस्

मानिसहरु सुतिरहेको समयमा भूकम्प भयो भने उठेर भागि हाल्ने विचार गर्छन् । यो गर्नु गल्ती हो । भूकम्प भएको समयमा सुतिरहेको भए नउठ्नुस् । बरु तपाइँको टाउँकोमा सिरानी राख्नुस् । तपाइँ भन्दा माथि कुनै विद्युतीय सामग्री भए त्यो खस्ने खतरा हुने हुँदा शिरानीले टाउको जोगाउन मद्दत गर्छ ।

७ लिफ्ट नचढ्नुस्

भूकम्पको समयमा लिफ्ट चढ्ने गल्ति हुँदैन । माथि जानु पर्‍यो भने भर्‍याङ्को प्रयोग गर्नुस् । अझ कतिपय अवस्थामा भूकम्पका कारण अकस्मात विजुली अवरुद्ध हुने हुँदा लिफ्टमै फस्ने समेत खतरा हुन्छ ।

८ पुलमा गाडी वा वाइक चलाउने गल्ती नगर्नुस्

भूकम्प गैरहेको समयमा वा गैसकेपछि बाटोमा हुनु हुन्छ र नजिकै पुल छ भने गाडी वा वाइक जे भएपनि केही बेर रोक्नुस् । पुलमाथि भूकम्पको समयमा सवारी चलाउनु गलत काम हो । किन भने भूकम्पले पुल जस्ता संरचना भत्किने वा भाँचिने खतरा उच्च हुन्छ । बरु बाइक वा कार रोकेर रुख मुनी जानुस् ।

९ सलाइ नकोर्नुस्

भूकम्पको समयमा तत्काल तपाइँलाई तनाव हुन सक्छ र चुरोट खाने बानी छ भने चुरोट सल्काउन मन पनि लाग्न सक्छ । तर एक छिन विचार गर्नुस् तपाइँको नजिकै भूकम्पका कारण ग्यास वा कुनै विष्फोटक लिक भैरहेको हुन सक्छ । सलाइ कोर्नु अघि सबै कुराको विचार गर्नुस् ।

१० गुहार भनेर चिच्याउनु अघि सोंच्नुस्

मानिसहरु भूकम्पमा परेपछि आत्तिएर चिच्याउँछन् । भग्नावशेषमा भएपनि भर्खरै गएको भूकम्पका कारण उत्पन्न धुलो धुवाँले तपाइँको स्वास प्रश्वास नै खतरामा पार्न सक्ने हुँदा चिच्याउनु अघि विचार गर्नुस् । अरुलाई जानकारी दिन अन्य केही माध्यम प्रयोग गर्नुस् ।

प्रकाशित मिति: ३१ बैशाख २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्