अाज वर्षकै चिसो दिन, अाखिर किन भयो ?


 


काठमाडौँ, पुस १९
आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो ।

जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उहाँले बताउनुभयो ।

तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ ।

आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनु जस्ता कारणले चिसो बढेको हो । रासस

प्रकाशित मिति: १९ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्