एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज, के विषयमा हुँदैछ छलफल ?




काठमाडौं, माघ ७
एकताको तयारीमा रहेका एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दैछ । अहिलेसम्म भएका सहमति र संयुक्त कार्य दलले तयार पारेको खाकाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको पटक–पटक छलफल भइसकेको छ ।ओली र प्रचण्डबीच शनिबार भएको छलफलमा एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ ।

दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली–प्रचण्ड सहमत भएका हुन् । तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ । आजको संयोजन समितिको बैठकले सो कार्यदल निमार्ण गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News