एक सय दलबाट आयव्यय विवरण पेश



काठमाडौँ, माघ ७
निर्वाचन आयोगमा अहिलेसम्म एक सय भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।

साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलले आयव्यय विवरण बुझाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव शुरु भएको छ महिनाभित्र आयोगमा आयव्यय विवरण बुझाउनुपर्ने उल्लेख छ । आयोगमा १३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो संख्या १२५ पुगेको छ ।

तिमिल्सेनाले माघभित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई रु १० हजार जरिवाना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News