भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, एमाले गर्यो यस्तो तयारी




काठमाडौं, माघ १८
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट काठमाडौंमा पुगेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।

साथै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालयलगायत भारतीय राजदूतावासका उच्च अधिकारी पनि स्वराजको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

स्वराजको सम्मानमा एमालेले आज राति भोजको आयोजना गरेको छ । स्वराजले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News