शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने निश्चित

बिराटनगर, माघ २६
एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा चयन भएपछि राईलाई अब मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
मुख्यमन्त्रीको धेरै आकांक्षी भएपछि आन्तरिक रुपमा भएको निर्वाचनबाट राई विजयी भएका हुन् । राईले प्रतिद्वन्द्वी भीम आचार्यलाई दुई मतान्तरले पराजित गरे । प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए। एक मत भने बदर भएको छ ।
राई संस्थापन पक्षधर हुन भने आचार्य माधव नेपाल पक्षधर हुन् । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने अन्त्यमा व्याक भएका थिए ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा परेको छ ।
प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार