वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार


 


वीरगन्ज,भदौ ११

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको छ।

उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको छ। स्रोत अन्नपुर्णपाेष्ट दैनिक

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्