एक वर्षभित्रै तीन बच्चाकी आमा बनिन् सनी लियोनी, पाइन जुम्ल्याहा बच्चा


 


मुम्बई, फागुन २२
बलिउड अभिनेतृ एवं पूर्व पोर्नस्टार सनी लियोनी एक वर्षभित्रै तीन बच्चाकी आमा बनेकी छन् । अघिल्लो वर्ष एक बालिकालाई धर्मपुत्रीका रुपमा लिएकी सनी फेरि अर्को पटक आमा बनेकी छन् ।

सेरोगेसीको माध्यमबाट उनले दुई जुम्ल्याहा बच्चा प्राप्त गरेकी छन् । दुबै बाबु जन्मेका छन् । दुबैको नाम पनि राखिएको छ । एकको नाम नोआह र अर्काको नाम असर राखिएको छ । यस्तो गरेर उनले फेरि सबैलाई अचम्मित पारेकी छन् ।

सनीले ट्विटरमा आफ्नो पति डेनियल वेबर र तीनवटै बच्चाको साथको फोटो सार्वजनिक गरेकी छन् । बच्चा पाएपछि सनी र उनका पति निकै खुशी भएका छन् । सनीले यो दुनियाका लागि ‘सरप्राइज’ पनि भएको बताएकी छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्