सरकारमा सहभागी हुने फोरमको निर्णय, के भयो भागबण्डा ?


 


काठमाडौं, फागुन २२
संघीय समाजबादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने निर्णय गरेको हो ।

एमाले र माओबादीले संविधान संशोधनमा सहमति जनाउने प्रतिबद्धता जनाएका छन् । सरकारमा सहभागिता जनाउने विषयमा भएका छलफलमा फोरमले संविधान संशोधनलाई मुख्य शर्तका रुपमा अघि सारेको थियो ।

फोरमले सरकारमा सहभागिता जनाउने निर्णय गरेपनि मन्त्रालयको विषयमा भने अझै सहमति हुन बाँकी छ । फोरमले उपप्रधामन्त्रीसहित तीन मन्त्री र उपसभामुख मागिरहेको छ । तर, एमाले र माओबादी गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्