पाकिस्तानी प्रम शहीद खकान स्वदेश प्रस्थान


 


काठमाडौँ, फागुन २२
नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो ।

स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो ।

भ्रमणका क्रममा उहाँले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्