सुखै सुख दिने भन्दै कसलाई फकाउँदैछन् निकेन्द्र ? (भिडियोसहित)


 


काठमाडौं, फागुन २३
मोडलिङ क्षेत्रमा उदाउँदै गरेका निकेन्द्र बुढा अभिनित गायक गोपाल नेपाल जिएमको म्युजिक भिडियो ‘सुखै सुख’ सार्वजनिक भएको छ ।

जिएम र तुल्सी घर्तीमगरको स्वरमा रहेको लोकदोहोरी म्युजिक भिडियो युटुबबाट सार्वजनिक गरिएको हो । माया प्रेममा आधारित गीतमा गीतमा बुढासंगै पुजा अधिकारी र जनक बुढालेसमेत अभिनय गरेका छन् ।

मनोज रानामगरको शब्द रहेको गीतमा गोपाल नेपाल जिएमको आफ्नै लय छ । बिक्रम चौहानले निर्देशन गरेको गीतको छायांकन प्रकाश खड्काले गरेका छन् ।

भिडियो हेर्नुहोस्…

 

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्