कांग्रेसले टुंग्यायो राष्ट्रपतिको उम्मेदवार, को हुन् विद्यादेवीसंग भिड्ने महिला ?


 


काठमाडौं, फागुन २३
नेपाली कांग्रेसले कुमारी लक्ष्मी रार्इलाई राष्ट्रपतिको उम्मेदार बनाउने निर्णय गरेको छ ।

आज विहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले भोजपुर निवासी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी सहिद देवान सिंह राईको छोरी हुन् ।

एमालेले मंगलवार राती नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यससंगै राष्ट्रिपति पदका लागि एउटै जिल्लाका दुई महिलाहरु भिड्ने भएका छन् । राष्ट्रपति भण्डारी पनि भोजपुरकै बासिन्दा हुन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्