गर्भवती अवस्थामा भुलेर पनि नगर्नुहोस् यी तीन गल्ती


 


काठमाडौं, फागुन २४
भर्गवती अवस्थामा प्रायः महिलाहरु आफ्नो स्वास्थ्यको ध्यान दिन्छन् । तर, कहिलेकाँही महिलाहरु गल्तीहरु पनि गर्छन्, जसले गर्दा ज्यान नै जोखिममा पर्छ । गर्भवती अवस्थामा यी तीनवटा गल्ती कहिलै पनि नगर्दा राम्रो हुन्छ ।

अधिक भोजन
कसैले दुई ज्यानको लागि गर्भवती महिलाले भोजन खानुपर्छ भन्ने पनि गर्छन् । पेटमा भएको बच्चाको लागि पनि महिलाले यो समयमा बढी भोजन खानुपर्छ भन्छन् । तर, यो भनाई गलत हो ।

चिकित्सककाअनुसार गर्भवती महिलाले अधिक भोजन गर्नु हुँदैन । बरु बढी प्रोटिन भएको खाना भने खानुपर्छ ।

कम तयारी

केही महिला गर्भधारण हुने समयसम्मको तयारी गर्ने गर्छन् । तर, डेलिभरीपछिको अवस्थाका बारेमा सोचेका हुँदैनन् । जसले गर्दा कम तयारीका कारण अन्तिममा परिवारका सदस्यले भागदौड गर्नुपर्छ ।

मालिसमा असावधानी

गर्भधारणको केही दिनसम्म महिलाहरु आफ्नो पेटमा तेलले मालिस गर्छन् । त्यो आवश्यक पनि हो । तर, केहीले जोर लगाएर पेटमा मालिस गर्ने गर्छन् ।

त्यसो गर्दा छाला उल्छै बिग्रिन्छ । चिकित्सकका अनुसार हातले विस्तारै केही दिनसम्म तेलले मालिस गर्नुपर्छ । यस्तो गरे रक्तसंचार बढ्छ भने पेटको छाला खराब हुनबाट बच्छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्