महरालाई सभामुख बनाइने, पुनलाई दिइयो यस्तो जिम्मेवारी


 


काठमाडौं, फागुन २५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने योजना बनाएका छन् । एमालेसँगको भागबन्डामा सभामुख माओवादीको भागमा परेको छ।

एमालेसँग पार्टी एकीकरण प्रक्रिया जारी रहेको अवस्थामा दाहालले आफ्नो ‘दाहिने हात’ का रुपमा पुनलाई पार्टीको जिम्मेवारी दिन लागेका हुन् । नागरिकमा खबर छ ।

‘महराजीलाई सभामुख र वर्षमानजीलाई पार्टीको जिम्मेवारी दिने योजनामा अध्यक्षज्यू हुनुहुन्छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘मुख्यतः एमालेसँग एकीकरणको सवालमा मिलाउनुपर्ने काम अध्यक्षको निर्देशनअनुसार वर्षमानजीले मिलाउन सक्ने भएकाले यस्तो योजना बनेको हो ।’ दाहालनिकट स्रोतका अनुसार पुनमार्फत पार्टी एकीकरण प्रक्रियाका कामकारबाहीमा सहज हुने भएकाले सो योजना बनाइएको हो।

यसअघि पनि दाहालले एमालेसँग हुने पार्टीको काममा नेता पुनलाई नै अघि बढाउँदै आएका थिए । एमालेसँग भागबन्डालगायतका काममा अध्यक्ष दाहालले पुनलाई नै अघि सार्दै आएका छन् ।

पछिल्लो समय गृहमन्त्री बन्न इच्छुक भए पनि नपाएपछि पुन ऊर्जामा जान सहमत भएका थिए तर दाहालले उनलाई तत्काल सरकारमा नपठाई पार्टी एकीकरण प्रक्रियामा खटाउने योजना बनाएका हुन्।

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्