सुकीलाई दिइएको नोबेल पुरस्कार अमेरिकाले छिन्यो


 


वासिङटन, एजेन्सी
अमेरिकाको होलोकास्ट स्मारक संग्राहालयले नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेता आङसाङ सूकीबाट पुरस्कार छिनेको छ ।

रोहिङ्ग्या मुस्लिमलाई जातीय सफाई दिन कोशिस नगरेको आरोप लगाउँदै प्रतिष्ठित मानवाधिकार सम्मान फिर्ता लिएको छ ।

म्यानमारमा तानाशाह सैन्य शासनका क्रममा १५ वर्षसम्म हिरासतमा रहेकी सूकीले दोस्रो पटक २०१५ मा मानवाधिकार सम्मान हासिल गरेकी थिइन् ।

१९९१ मा नोबेल पुरस्कार प्राप्त सूकीको साहसी नेतृत्व र निरंकुश शासनको विरोध गरनेक्रममा व्यक्तिगत बलिदान र म्यानमार (बर्मा) का जनताको सम्मानका लागि संघर्ष गरेको भन्दै होलोकास्ट म्यूजियम एली विसेल पुरस्कार दिइएको थियो ।

संग्रहालयले एक बयानका क्रममा म्यानमार सेनाद्वारा रोहिंग्या समुदायका विरुद्ध नरसंहार फैलाएको भनेको छ ।

सअघि नागरिक हक र मानव जातिकै हितमा बोल्न हिच्किचाएपछि अब उनलाई दिइएको नोबेल शान्ति पुरस्कारको औचित्य समाप्त भएको भन्दै फिर्ता लिन आवाज उठेको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्