सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित


 


काठमाडौं, फागुन २५
प्रतिनिधिसभा सभामुखमा माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि महरा निर्विरोध निर्वाचित भएका हुन् । सभामुखको औपचारिक घोषणा भने भोलि हुनेछ ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । माओवादी केन्द्रले आज विहान मात्रै महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखमा निर्विरोध निर्वाचित भएपछि महराले संविधान कार्यान्वयन र बाँकी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्