यी पाँच किसिमका रोगीलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय


 


मोरङ, फागुन २७
बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताउनुभयो । रासस

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्