दुर्घटनापछि प्रधानमन्त्री ओली विमानस्थलमा, छानविका लागि आयोग गठन गर्ने प्रतिबद्धता


 


काठमाडौं, फागुन २८
त्रिभुनव विमानस्थलमा विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ पुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर उनले विमान दुर्घटनाबारे जानकारी लिनुका साथै दुर्घटनाको छानविन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

ओलीले दुर्घटना छानविनका लागि आयोग गठन गरिने बताए । साथै उनले घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीसंगै गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुगेका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्