घोडाघोडीका मेयर चौधरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार


 


धनगढी, फागुन २८
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ ।

आफ्नै निवासमा बसिरहेको अवस्थामा आज राति करिब सवा ८ बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको कैलालीका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

चौधरीको कम्मर भन्दा तलको भागमा गोली लागेको छ । उनीमाथि खुकुरी पनि प्रहार भएको खबर प्राप्त भएको छ ।

मेयर चौधरीलाई घोडाघोडीमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगंज लिने तयारी भइरहेको बताइएको छ । प्रहरीले भने यसबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।

बोक्सी आरोपमा किशोरीमाथि कुटपिट गर्ने दोषीलाई मिलापत्र गराउन भूमिका खेलको आरोप मेयर चौधरीमाथि लागेको छ । उनलाई कारबाही गर्नुपर्ने दबाब पनि परेको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्