मेयरलाई काम छ भन्दै बाहिर बोलाएर गोली प्रहार


 


काठमाडौं, फागुन २९
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई काम छ भन्दै बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको छ । उनीमाथि सोमबार राति अज्ञात समूहले गोलीसंगै टाउकोमा खुकुरी प्रहार गरेको छ ।

गोली र खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको छ ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो ।

उनको कम्मरमुनि गोली लागेको छ भने टाउ र हातमा खुकुरीको चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । मेयरकोे अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्