निशानामा सुन व्यवसायी, फेरि अर्का व्यवसायीको हत्या
काठमाडौं, फागुन २९
झापामा फेरि अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ ।
यसअघि तस्करीको साढे ३३ केजी सुन गायब भएपछि सनम शाक्यको हत्याको घटना सेलाउन नपाउँदै अर्का सुन व्यवसायी साजन मुखियाको अपहरणपछि हत्या भएको हो ।
एक हप्ताअघि बजार जान्छु भन्दै बेपत्ता भएका साजनको शव सोमबार बोरामा व्याक गरिएको अवस्थामा इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले साजनको शव फेला परेको र हत्या आशंकामा दई जनालाई पक्राउ गरिएको जानकारी दिए । शव पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ ।
देशका विभिन्न ठाउँमा यसअघि पनि सुन व्यवसायीको हत्या भएको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार