प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन


 


एजेन्सी, फागुन ३०
प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

हकिङले ब्ल्याक् होल् र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए । उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्।

उनका ती छोराछोरी लुसी, रबर्ट र टिमले भने, हाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी दुस्खी छौँ।

उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहने छ ।

उनीहरूले आफ्ना पिताको साहस र दृढताुको प्रशंसा गर्दै उनको प्रतिभा र हास्यकलाुले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन् ।

ूवहाँले एकचोटि भन्नुभयो, यदि तिमीले माया गर्ने मानिसहरूको घर नभएको भए यो त्यस्तो विशेष ब्रह्माण्ड हुने थिएनु। हामीले वहाँलाई सधैँका लागि गुमाएका छौँ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्