प्रधानन्यायाधीश पराजुली पदमुक्त, यसरी थमाइयो अवकाश पत्र


 


काठमाडौं, फागुन ३०
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरिएको छ । न्याय परिषद सचिवालयले आज प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र थमाएको हो ।

सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

‘सम्माननीय महोदयको ६५ ९पैसट्ठी० वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’ पत्रमा भनिएको छ ।

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको बताइएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्