कार्यकर्ता रिहाईको माग गर्दै विप्लवद्वारा कैलाली बन्द


 


धनगढी, चैत ३
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि सांघतिक आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको बिरोधमा नेपाल कम्युनिष्ठ पार्टीले आज कैलाली बन्द गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले हिजो विज्ञप्ति सार्वजनिक गरेर कार्यकर्तालाई बिनाशर्त रिहाई गनुपर्ने माग गर्दै जिल्ला बन्द गरेको हो ।

कैलाली जिल्ला ईन्चार्ज महान र सेक्रेटरी अमरद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीले आफना नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाई सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धनगढीमा बन्द प्रभाव परेको छ ।

विहानै धनगढीका केही चोकमा टायर बालिएका छन् । ठूला सवारी साधान चलेका छैनन् भने बजार खुल्न सकेको छैन । यद्यपि, आज शनिबार भएकाले पनि बजार भने खासै खुल्दैन ।

बाहिरबाट धनगढी भित्रिरहेका ठूला सवारी साधानहरुलाई प्रहरीले स्कटिङ गर्दै गन्तव्यमा पुर्याइरहेको कैलालीका प्रहरी प्रबक्ता प्रहरी नाउव उपरीक्षक रागर बोहराले जानकारी दिए । उनले बजारमा रिक्सा र मोटरसाइकल भने सञ्चालन भइरहेको बताए ।

जिल्ला बन्द गरिएपछि जिल्लाका विभिन्न प्रहरी परिचालन गरिएको छ । धनगढीका विभिन्न चोक–चोकका प्रहरी परिचालन गरिएको छ ।

मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् । प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलार्इ पक्राउ गरेको हो।

गत फागुन २८ गते मेयर चौधरी उनकै घरमा विप्लवका खुकुरी र गोली हानिएको थियो । चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्