यतिसम्म हुन्छ प्लाष्टिक सर्जरीको शोकः यी महिलाले गरिन् दुई सय पटक सर्जरी


 


एजेन्सी
आकर्षक देखिनका लागि मानिसहरु के–के सम्म गर्छन् । जिम, योगा, डाइटिङ र अब त प्लास्टिक सर्जरी पनि गर्न थालिसकेका छन् । तर, केही मानिसलाई सुन्दर देखिन यतिसम्म शोक हुन्छ कि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दैनन् ।

यस्तै व्यक्तिको उदाहरण बनेकी छन् । स्टार डेलगुडाइस। २८ वर्षीय स्टार डेलगुडाइसले अहिलेसम्म लाखौ पाउण्ड प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । डेलगुडाइस जब १७ वर्षकी थिइन् तबदेखि नै प्लास्टिक सर्जरी गरिरहेकी छन् ।

उनले अहिलेसम्म २०० सर्जरी गराइसकेकी छन् । हालै एक अन्तरबार्तामा उनले उठेरै कुरा गरेकी छन् । किनकी उनले भर्खरै ‘बट इम्प्लाण्ट’ गराएकी छन् ।

उनी आफ्नो प्लास्टिक सर्जरी गर्ने बानीमा आफ्ना माता पिताको जिम्मेदवारी रहेको बताउछिन् । उनले हालसम्म प्लाष्टिक सर्जरीमा मात्रै दुई लाख ३० हजार पाउण्ड खर्च गरिसकेकी छन् ।

यसमध्ये उनले ओठको मात्रै पाँच पटक सर्जरी गरेकी छन् भने चारपटक नाकको सर्जरी गरेकी छन् ।

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्