राष्ट्रियसभा उपाध्यक्षमा दाहाल निर्वाचित


 


काठमाडौं, चैत ४
राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनको तर्फबाट उम्मेदार बनेकी उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवनमा आज भएको निर्वाचनमा ४५ मतका साथ दाहाल उपाध्यक्षमा निर्वाचित भएकी हुन् । माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

दाहालकी प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत ल्याइन् । राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा भाग लिएका थिए ।

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्