जापानमा प्रदर्शनको तयारीमा ‘शत्रु गते’


 


काठमाडौं, चैत ५
नेपाली चलचित्र ‘शत्रु गते’ जापानमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यही चैत्र ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने चलचित्रलाई ए–वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।

ए–वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाका अनुसार चलचित्र आगामी अप्रिल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने छ। चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिनेछ ।

निर्देशक प्रदिप भट्टराई निर्देशित चलचित्रमा पल शाह ,आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । किरण केसीले निर्माण गरेको चलचित्रमा राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्