प्रथम ‘नेपाल आइडल’ बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)


 


काठमाडौं, चैत ५
पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘तिमी साथ भएपछि’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् ।

अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् ।

हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् । भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् ।

हेर्नुहोस् भिडियो…

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्