सुरक्षा कारबाहीमा परी २० लडाकू मारिए


 


लस्करगाह, अफगानिस्तान, चैत ६

अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् ।

हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ ।

“अफगानी सुरक्षाकर्मीले दक्षिणी हेल्मण्ड प्रान्तको माज्राह र नाड अली जिल्लामा विभिन्न सैन्य कारबाही चलाएका थिए, ती कारबाहीका क्रममा २० जना लडाकू आइतबार मारिएका छन्,” वक्तव्यमा उल्लेख छ ।

सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार, विस्फोटक पदार्थ लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर नष्ट पनि गरिएको जनाएका छन् ।

मारिनेमध्ये कोही पनि आम नागरिक र सुरक्षाकर्मीहरु नरहेको पनि सुरक्षा अधिकारीको दावी छ । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया आएकोे छैन । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्