एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को छन् टिममा ?


 


काठमाडौँ, ६ चैत
एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको छ ।

यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो ।

छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । त्यसैगरी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, विशाल राई, रोहित चन्द र हेमन गुरुङ, हेमन्त थापा मगर र सुजन श्रेष्ठ छनोट भएका छन् ।

सुनिल बल, अन्जन विष्ट, सुमन लामा, दिनेश राजवंशी, विराज मर्हजन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, जर्ज प्रिन्स कार्की र अनन्त तामाङ टोलीमा अटाएका छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी छन भने प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।

नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह ‘एफ’मा नेपालसहति यमन, फिलिपिन्स र ताजकिस्तान छन । नेपाल २ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ ।

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्