सुगम रोज्ने डाक्टरहरुबीच नै अहिले दुर्गमका लागि हानथाप, यस्तो छ कारण


 


काठमाडौं, चैत ७
यसअघि सुमग मात्रै रोज्ने डाक्टरहरु अहिले सुगममा जानका लागि हानथाप गरिरहेका छन् । दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार पनि धेरै आए ।

तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह)ले दुर्गममा पोस्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपूरो भएको छ ।

भर्खरै लोकसेवाबाट मेडिकल अधिकृतमा पास भएर आएका १०२ डाक्टरले दुर्गममा मात्रै पोस्टिङ माग्दा स्वास्थ्य मन्त्रालयलाई दरबन्दी मिलानमा हम्मेहम्मे परेको थियो । अन्तिममा मेरिट लिस्टका आधारमा पोस्टिङ गरिएको छ ।

चिकित्सकहरू सुगममा केन्द्रित हुँदा दुर्गमका नागरिकले स्वास्थ्य उपचार नपाएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जन गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुर्गमका जनताको सेवामा चिकित्सक खटाउने प्रबन्ध मिलाउन डा। पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरेका थिए ।

थापाले कमिटीको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरेका थिए । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक ९एमडी० बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन् ।

पहिला सुगम र अहिले दुर्गम जान हानथाप
स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरूले आपूmअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् । विगतमा सुगममा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफ्ना मान्छेलाई अति दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालेको एक उच्च अधिकारीले बताए ।

स्वास्थ्यसचिव डा। पुष्पा चौधरीले समेत मन्त्रालयका प्रशासन शाखाका एक सहसचिवलाई आफ्ना मान्छे अति दुर्गममा पार्न दबाब दिएकी थिइन् ।

‘मेरा चारजना मान्छे छन्, जागिर जोगाउन पनि उनीहरूलाई दुर्गममा पारिदिनुस्,’ सचिवको भनाइ उद्धृत गर्दै मन्त्रालयका एक कर्मचारीले भने । तर, कर्मचारी प्रशासन शाखाले प्रधानमन्त्रीदेखि सचिवसम्मको दबाबलाई बेवास्ता गर्दै मेरिटका आधारमा खटाएको दाबी गरेको छ । विगतमा छात्रवृत्तिमा एमडी पढ्न जहाँ भए पनि दुई वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान थियो ।

यस कारण दुर्गम केन्द्रित चिकित्सक
अति दुर्गम ‘क’ १ ले १०, अति दुर्गम ‘क’ २ ले ९, दुर्गम ‘ख’ १ ले ७।५, दुर्गम ‘ख’ २ ले ६ नम्बर पाउने स्वास्थ्य मन्त्रालयले जनायो । दुई वर्ष सेवा गरेपछि उनीहरूले दुई वर्ष अध्ययन बिदा पाउनेछन् । यस्तै, सुगम ‘ग’ १ ले ५ र सुगम ‘ग’ २ ले ४ नम्बर मात्रै पाउँछन् । सुगमको नम्बरका आधारमा एमडी पढ्न पाउँदैनन् ।

सुगम बस्नेलाई एमडी बन्ने बाटो बन्द
स्वास्थ्य मन्त्रालयले डा। पदमबहादुर चन्दको नेतृत्वमा गठन गरेको कमिटीले सुगममा बस्ने डाक्टर विशेषज्ञ एमडी बन्ने बाटो बन्द गरेपछि एमबिबिएस डाक्टर दुर्गम जान तँछाडमछाड गरेका हुन् । छात्रवृत्तिमा एमबिबिएस गरेका डाक्टरले अनिवार्य रूपमा एक वर्ष अति दुर्गम र दुई वर्ष सुगममा स्वास्थ्य सेवा दिएमात्रै छात्रवृत्तिमा विशेषज्ञ डाक्टर पढ्न बिदा पाउने कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्