दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन, प्रजाति नै लोप हुने अवस्थामा


 


वासिङटन, चैत ७

दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ ।

सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित छन् ।

बूढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो । उसको छालामा पनि ठूला घाउहरू थिए । अन्तिम २४ घण्टामा उठ्न सकेको थिएन । एक हप्तादेखि निकै कमजोर बनेको सुडानलाई धेरै पीडामा परेको देखिएपछि पशुचिकित्सकहरूले मारिदिएका थिए ।

भालेको अभावमा उनीहरूबाट प्राकृतिक रूपमा अन्य सन्तान जन्माउन त सकिने छैन । तर संरक्षणकर्मीहरूले भनेका छन्, “नर्दर्न ह्वाइट गैँडा जोगाउने एउटै उपाय भालेहरूबाट सङ्कलन गरीेसुरक्षित राखिएको वीर्य र जीवित पोथीहरूको डिम्ब प्रयोग गरी कृत्रिम निषेचन (इन् भिट्रो फर्टिलाइजेशन) विधिको विकास हो ।”

विश्व वन्यजन्तु कोषका अनुसार सन् २००८ सम्म आइपु्ग्दा सो उपजाति लोप भएको मानिएको थियो । रासस÷एएनआई

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्