अष्ट्रेलियन भाषा पढ्नेलाई खुशीको खबर, नेपालमै पढाई हुने


 


काठमाडौँ ७ चैत

‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ले नेपालमा पहिलो पटक आउँदो सातादेखि अन्तर्राष्ट्रियस्तरको अष्ट्रेलियन भाषा पढाइ सञ्चालन गर्ने भएको छ ।

सेन्टरका अध्यक्ष सुरज राजभण्डारीले अष्ट्रेलियामा गएर अध्ययन गर्ने विद्यार्थीका लागि सजिलो होस् भनेर उक्त भाषामा नेपालमा पहिलो पटक पढाउन थालिएको बताउनुभयो ।

“नेपालबाट आइएल्स गरेर गएपछि अष्ट्रेलियामा फेरि अर्को परीक्षा पनि दिनुपर्छ”, उहाँले भन्नुभयो, “अनुत्तीर्ण भएपछि पुनःअष्ट्रेलिया भाषा पढ्नुपर्छ । त्यसैले यहाँ नै विद्यार्थीलाई उक्त भाषाको सबै कोर्ष अध्ययन गराउन थालेका हौँ ।” भण्डारीले भन्नुभयो ।

अष्ट्रेलियाको युनिभर्सल अफ टेक्नोलोजी सेन्डेनी विश्वविद्यालयको सहयोगमा सेन्टरले नेपालमा १० हप्ताको उक्त भाषाको कोर्ष पढाउन थालेको हो ।

उक्त भाषा पढ्न अष्ट्रेलियामा विद्यार्थीले एक हप्ताको ५०० डलर तिर्नुपर्छ । रासस

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्