निधारमा टीका लगाउन नछुटाउनुहोस्, यस्ता छन् स्वास्थ्यलाई फाइदा हुने तीन बैज्ञानिक कारण


 


एजेन्सी

प्रायः तपाईले घर वा मन्दीरमा निधारमा टिका लगाउनुभएको होला वा देख्नुभएको होला ।

यसका पछाडि धार्मिक कारण मात्रै नभई वैज्ञानिक कारण पनि देखिएको छ । यसका खास तीन कारण छन् । जसले मानिसलाई निकै फाइदा हुन्छ ।

शान्ति र अमनचयन


निधारमा तिलक लगाउने व्यक्ति आफूलाई शान्ति महसुश गर्छ । हल्दीको तिलकमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले कैयौ रोगबाट मानिसलाई टाढा राख्नसमेत मदत गर्छ ।

आत्मविश्वास


मनोबैज्ञानिककाअनुसार निधारको बीचको भाग अग्नी चक्र मानिन्छ । यो भागलाई तेस्रो आँखा पनि भनिन्छ । किनकी यहीँबाट शक्तिको संचार हुन्छ । यसै कारण महिलाहरु पनि आफ्नो निधारमा टिका लगाउने गर्छन् । यहाँ टीका लगाएमा व्यक्तिलाई आत्मविश्वास बढ्छ ।

उदासी हटाउन मदत


चन्दनको टीका निधारमा लगाएमा दिमागमा सेराटोनिन र बीटा एन्डोर्फिनको स्त्राव सन्तुलित तरिकाले गर्न मदत गर्छ ।

जसका कारण मानिसहरु उदास हुँदैन । जसका कारण मानिस राम्रो काममा अग्रसर हुन्छ । यसले तनाव र टाउको दुख्ने समस्या पनि हुन दिँदैन ।

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्