यूएस बांग्ला विमान चालककी श्रीमतीको पनि मृत्यु


 


एजेन्सी, चैत ९
बाह्र दिन अघि काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बांग्ला विमानका प्रमुख चालक अबिद सुल्तानकी श्रीमतीको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बांग्ला विमान दुर्घटनाको खबर सुन्ने वित्तिकै बिरामी भएकी अफ्साना खानमको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको त्यो अस्पतालका एक अधिकारीले बीबीसी बांग्लालाई बताएका छन्।

मोहम्मद सैफुल्लाहका अनुसार दुर्घटनाको खबर लगत्तै बिरामी भएकी अफ्साना खानमको ढाकास्थित न्याशनल इन्स्टिच्युट अफ न्यूरो साइन्सेजको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।

चिकित्सकहरूका अनुसार अफ्साना खानम सघन उपचार कक्षमा चिकित्सकहरूको निरीक्षणमा थिइन्।

यूएस बांग्ला विमानका मुख्य चालक अबिद सुल्तानको विमान दुर्घटना भएको एक दिनपछि काठमाण्डूको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

यूएस बांग्लामा काम गर्नुअघि उनी बांग्लादेशको एअर फोर्सका विमान चालक थिए।

उनीहरूको १४ वर्षको एक छोरा छन्। उनको श्रीमानको मृत्युको खबर आएपछि अफ्साना खानमलाई मस्तिष्कघात भएको थियो।

विमान दुर्घटनालगत्तै सञ्चारमाध्यमहरूको ध्यान उनीमाथि केन्द्रित हुन पुगेको थियो। उनी सघन उपचार कक्षमा रहँदा कयौँ दिनसम्म अस्पतालमा सञ्चारकर्मीहरूको भीड लागेको थियो।

अफ्साना खानमको मृत्युको खबर फैलिएपछि पनि अस्पतालमा सञ्चारमाध्यमका प्रतिनिधिहरूको भीड लागेको थियो। करिब २० वटा टेलिभिजन क्यामेरा र ५० पत्रकार अस्पताल बाहिर थिए।

उनका आफन्तजनले पत्रकारहरूलाई आफ्नो परिवारको गोप्य क्षणलाई सम्मान गर्न आग्रह गरेका थिए।

विमान चालक अबिद सुल्तानका भाइ खुर्शिद माहमुदले पत्रकारहरूलाई भने, ूहामीलाई एक्लै छोडिदिनुहोस्। हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। हामीलाई एक्लो हुन र समान्य हुन मद्दत गर्नुहोस्।

यूएस बांग्ला विमान दुर्घटनामा अर्का बांग्लादेशी नागरिक युसुफ हसनले पनि आफ्ना तीन जना आफन्तजन गुमाए।

उनले बीबीसी बांग्लालाई भने, ूपूरै परिवार तनावमा भएको बेला हाम्रा आफन्त र दुर्घटनामा ज्यान गुमाएका बालकको वारेमा पत्रकारहरूले प्रश्न गरिरहे। हामी त्यतिबेला साह्रै दुस्खी थियौं।ू

ूमैंले एक पत्रकारलाई भनिदिएस् ुतपाईँको परिवारमा कसैको ज्यान जाँदा के हुन्छ ? तपाईँ मानव हो कि होइन ?

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्