माओबादी केन्द्रमा जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए ?


 


काठमाडौं, चैत १०
नेकपा माओबादी केन्द्रले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । एमालेसँग पार्टी एकताको तयारीमा रहेको माओबादी केन्द्रले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

पार्टीको आज बसेको बैठकले प्रदेश इन्चाजको जिम्मेवारी नयाँ नेतालाई दिएको छ । जसअन्तर्गत प्रदेश–१ मा राम कार्की, प्रदेश–२ मा विश्वनाथ साह, प्रदेश–४ मा हितराज पाण्डे, प्रदेश–५ मा मणि थापा, र प्रदेश–६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।

प्रदेश–३ मा हितमान शाक्य र प्रदेश–७ मा लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ । माओबादी केन्द्रले यसअघिका प्रदेश इन्चार्जहरुले नयाँ जिम्मेवारी सम्हालेपछि नयाँलाई अवसर दिइएको हो ।

प्रदेश १ मा भने गोपाल किरातीले पार्टी छोडेपछि नयाँ नेतालाई जिम्मेवारी दिएको हो । यसअघि प्रदेश २ मा वर्षमान पुन, प्रदेश ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश ४ का इन्चार्ज प्रमुख सचेतक बनेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्